बिहीबार, जेठ ३, २०८१

सबैलाई लोभ्याउने इलेक्ट्रिक कार

नेपालखोज २०७८ माघ १९ गते १३:१३

काठमाडौं । अहिले संसारभर इलेक्ट्रिकल गाडी निर्माणको होड चलिरहेको छ । यसले अबको संसार इलेक्ट्रिकल भेइकलकै हो भन्ने संकेत पनि दिइरहेको छ । यसक्रममा Eleksa ले आफ्नो नयाँ इलेक्ट्रिक कार बजारमा प्रस्तुत गरेको छ । कम्पनीले यो नयाँ बिजुली कारलाई Eleksa City Bug नाम दिएको छ भने यसलाई हाल दक्षिण अफ्रिकाको बजारमा उतारिएको छ ।

Eleksa City Bug एउटा बजेट क्याटोगरीको गाडी हो जुन दक्षिण अफ्रिकी बजारमा अहिलेसम्म उपलब्ध सबैभन्दा सस्तो इलेक्ट्रिकल भेइकल (ईभी) हो । यो दुईवटा ढोका भएको कम्प्याक्ट कार हो जसमा चारजना व्यक्ति सजिलै बस्न सक्छन् । यो कारको वजन लगभग ४५० किलो छ ।

कारको मूल्य तथा केही फिचर

दक्षिण अफ्रिकाको बजारमा यो कारको मूल्य कपनी २३० हजार Rand (लगभग १८ लाख रुपैयाँ ) पर्छ । निर्माण कम्पनीका अनुसार Eleksa City Bug लाई सहरी इलाका भित्र सानो डेलिभरी वाहनका रूपमा समेत प्रयोग गर्न सकिन्छ । Eleksa ले थप अरु इलेक्ट्रिक वाहन पनि निर्माण गर्ने योजना बनाएको छ जसमा एक डेलीभरी भ्यान तथा अर्को पारिवारिक कम्प्याक्ट एसयूभी प्रमुख छन् ।

रेन्ज र स्पिड Eleksa City Bug केही पहिले नै युरोप, बेलायतसहित संसारका केही भागमा लन्च गरिसकिएको कार हो । अफ्रिकामा भने यो पहिलोपटक प्रस्तुत भएको हो । Eleksa कम्पनीका अनुसार City Bug एक आदर्श सहरी रनआउट हो जसको न्यूनतम चार्जिङ लागत लगभग 15 सेन्ट प्रतिकिलोमिटर छ ।

यो कारमा ९ के डब्ल्यूएचको ब्याट्री तथा ४ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ । यो इलेक्ट्रिक कारले एकपटकको फुल चार्जमा १०० किलोमिटरको यात्रा तय गर्नुका साथै लगभग ६० किलोमिटर प्रतिघण्टाको स्पिड दिन्छ ।

प्रतिक्रिया