कार्यदलको अध्ययनपछि मात्रै एमसीसीको विषय अघि बढ्ने

काठमाडां । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको अध्ययन पछि मात्रै एमसीसीको विषयमा अघि बढ्ने बताएका छन् ।
आज काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महासचिव भुसालले एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा भएका मतभेदहरु कार्यदलको निस्कर्ष पछि समाप्त हुने बताएका हुन् । उनले स्थानीय चुनावको विषयलाई लिएर गठबन्धनमा कुनै विवाद नभएको पनि बताए ।
महासचिव भुसालले एमसीसी बारेका ९ वटा दस्ताबेजको बारेमा कार्यदलले गम्भीर अध्ययन गरिरहेको पनि बताए । उनले एमसीसी स्थानीय निर्वाचनको एक एजेण्डा भएको भन्दै चुनावको सबै एजेण्डा एमसीसी मात्रै भएको तर्क गर्नु नहुने बताए । महासचिव भुसालले एमसीसीले देशलाई फाइदा नगर्ने हो भने पास गर्नु नहुने भन्दै एमसीसीको सबै दस्ताबेजहरुको बारेमा कसैले पनि पूरा अध्ययन नगरेको बताए ।
त्यस्तै संचारकर्मीसंगको कुराकानीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले विदेशी सहायताको क्षेत्रमा मुलुकले र नेतृत्वले राष्ट्रिय हीत अनुकुल छ वा छैन भन्ने कुराको सुक्ष्म विश्लेषण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले एमसीसी संसदमा पठाएर मात्रै पास हुने भएकोले त्यस बारेमा राष्ट्रको हीतअनुसार काम अघि बढाउनु पर्ने बताए । जबराले एमसीसीलाई संसदले गम्भीर अध्ययन गरेर अघि बढ्न सके देशको हीत हुने बताए ।

प्रतिक्रिया