दाहाल-नेपाल समूह आधिकारिकता दाबी गर्न आज निर्वाचन आयोग जाने

नेपालखोज २०७७ माघ २० गते १०:१७

काठमाडौं । नेकपा दाहाल-नेपाल समूह आज पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने भएको छ ।

नेता लीलामणि पोखरेलले बिहान ११ बजे आयोग जाने तयारी रहेको जानकारी दिएका हुन् । ‘आयोगमा को को जाने भन्ने टुंगो भएको छैन,’ उनले भने, ‘दुवै अध्यक्षलगायतका नेताहरू वा अन्य नेताहरू पनि जाने हुन सक्छ ।’

सोमबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको आधिकारिता दाबी गर्न जाने निर्णय गरेको थियो ।

दाहाल–नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया