लक्ष्मी बैंकको क्राउड सोर्सिङ प्रो भर्सन प्रतियोगिता

काठमाडौं । लक्ष्मी बैंकले २०औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको ब्रान्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सीहरूका लागि क्राउड सोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ । प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको ब्रान्ड फिल्म निर्माण गर्नका लागि २० लाखको कन्ट्र्याक्ट हात पार्नेछन् ।
प्रतियोगिता लक्ष्मी बैंकको पाँच मूल मान्यतामा आधारित छ । रिलेसनसिप, एक्स्प्लोर्स, टिमवर्क, रेस्पोसिबल र प्रोग्रेसिभ जसका आधारमा बैंकले २० वर्षको गरिमामय यात्रा तय गर्न सफल भएको छ ।
सबै प्रतियोगी इन्ट्रीहरूलाई एस्क्स्पर्ट प्यानलद्वारा प्राविधिक र रचनात्मक दुवै पक्षहरूलाई मध्यनजर गर्दै मूल्यांकन गरिने बैंकले जानकारी दिएको छ । प्रतियोगिता लक्ष्मी बैंकको क्राउडसोर्सिङमा आधारित तेस्रो प्रतियोगिता हो ।
यसअघि बैंकले यस्तै अभियानहरूद्वारा ग्राहकलाई आफ्ना रचनात्मक प्रतिभालाई क्रियाशील बनाई बैंकको विविध अभियानहरूमा संलग्न हुने अवसर प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया