मंगलबार, जेठ १, २०८१

इमर्जिङ नेपालको ‘प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल वर्कसप’

नेपालखोज २०७९ साउन २७ गते १६:४५

काठमाडौं । इमर्जिङ नेपालले एकदिने ‘प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल वर्कसप’ सम्पन्न गरेको छ । कम्पनीले सातौं वार्षिक उत्वसवका अवसरमा काठमाडौंमा एकदिने प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल वर्कसप गरेको हो ।

कार्यक्रमको अध्यक्षता इर्मजिङ नेपालका सञ्चालक समिति अध्यक्ष लालमनी जोशीले गरेको थिए भने प्रमुख अथितिमा उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी थिए ।

उक्त संस्थाले केयर रेटिङ नेपाल, होटेल एलिस, विफिन, निफ्रा, खिम्ती २ हाइड्रोपावरलगायत विभिन्न पूर्वाधार विकासमा लगानी गरेको छ । कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेल्वासेले इमर्जिङ नेपालले पूर्वाधार विकास र लगानी व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको बताए ।

उनले आगामी दिनमा विभिन्न विकासका पूर्वाधारमा लगानी गर्दै जाने, लगानी व्यवस्थापनका सम्बन्धमा तालिम प्रदानलाई निरन्तरता दिने, व्यवसायीलाई कन्सल्टिङ सर्भिस गर्ने कम्पनीको योजना रहेको जानकारी दिए । कार्यक्रममा बैंक तथा वित्तीय संस्था, क्यापिटल मार्केट र प्राइभेट फर्महरूलगायतको सहभागिता थियो ।

प्रतिक्रिया