प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त

नेपालखोज २०७८ माघ २१ गते १४:५७

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको सात महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त गरेका हुन् ।

देउवा ०७४ सालमा प्रधानमन्त्री हुँदा प्रेस संयोजक भएर काम गरेका परियारले त्यसपछि कांग्रेस सभापतिको रुपमा समेत देउवाको प्रेस संयोजकको रुपमा काम गर्दै आएका थिए ।

देउवाले प्रमुख स्वकीय सचिव भानु देउवालाई नियुक्त गरेका छन् भने अन्य विभिन्न पदमा विज्ञहरु नियुक्त भएका छन् ।

प्रतिक्रिया