नेपाल बैंक लिमिटेडको ब्रान्ड एम्बास्डरमा महावीर पुनको निरन्तरता
सम्झौता अवधि सकिएपछि पुनः एक वर्ष अवधि थप

काठमाडौं । नेपालको पहिलो बैक नेपाल बैंक लिमिटेडले ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । गतवर्ष नेपाल बैंकको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसँगको एक वर्षको सम्झौता अवधि सकिएपछि पुनः एक वर्ष अवधि थप गरिएको छ ।
माघ २० गते नेपाल बैंक लिमिटेड प्रधान कार्यालय काठमाडौंमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र डा. महाविर पुनबीच उक्त ब्रान्ड एम्बास्डर नवीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । कार्यक्रममा एम्बास्डरमा नियुक्त डा. महावीर पुनले नेपाल बैंक जस्तो नेपालको बैंकिङ क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्रान्ड एम्बास्डरको रुपमा पुनःनियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे । उनले नेपाल बैंकले देखाएको सम्मान र सहयोगप्रति आभार व्यक्त गरे ।
प्रमुख कार्यकारी अधिकृत अधिकारीले डा. महावीर पुन नेपालीको प्रेरणाको श्रोतलाई नेपाल बैंकको ब्रान्ड एम्बासडरको रुपमा निरन्तरता दिन पाउनु आफैंमा गर्वको विषय भएको बताए । डा. पुनले नेपाल बैंक छनौट गरेकोमा उनलाई हार्दिक आभार समेत व्यक्त गरे ।
देशभर २१३ शाखा, १४८ एटीएम र ४९ एक्सटेन्सन काउन्टर लगायत करिव २५०० जना कर्मचारीबाट बंैकिङ सेवा प्रदान गरिरहेको नेपाल बैंक नेपालको स्वस्थ र सवल बैंककोरुपमा अगाडि बढिरहेको छ । पछिल्लो समय आधुनिक प्रविधि अवलम्बन गर्दै ग्राहक सेवामा व्यापक सुधार बैंकले गरेको छ । तीव्ररुपमा व्यवसाय बिस्तार गर्न सफल यस बैंक प्रतिको विश्वासको कारण नेपाल बैंक ग्राहककोे प्रमुख रोजाइको बैंक बन्न पुगेको छ ।
प्रतिक्रिया