धेरै स्थानमा मेघगर्जन/ चट्याङसहित हल्का वर्षाको सम्भावना
नेपालखोज
२०७८ माघ २२ गते ७:०२

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/ चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज दिउँसो प्रदेश नं १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश नं १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
सम्बन्धित

प्रतिक्रिया