थपिए १,७१४ संक्रमित, ९ जनाको मृत्यु

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप १ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १०३ र ३ हजार २८८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६११ जना गरि कुल १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल ५२ हजार ७८० जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ४ हजार ७७१ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ६३९ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९३ दशमलव ३ प्रतिशत पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८०३ पुगेको छ ।

प्रतिक्रिया