प्रदेश १ मन्त्रिपरिषद् विस्तार ! (नामसहित)

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट तीन तीन र माओवादी केन्द्रबाट दुई जनाले सपथ ग्रहण गर्ने बताइएको छ।
माओवादी केन्द्रबाट रामकुमार राई र झलकसिंह दर्लामी मन्त्री बन्ने बताइएको छ। एकीकृत समाजवादीबाट राजन राई, खिनु लिम्बु र उपेन्द्र घिमिरेको नाम चर्चामा ५ । यस्तै‚ कांग्रेसबाट प्रतापप्रकाश हाङगाम, ओमप्रकाश सरावगी र शेखरचन्द्र थापाको नाम रहेको स्रोतले बताएको छ।
प्रदेश १ मा ६ वटा मन्त्रालय विभाजन गरी १२ बनाइएको थियो। तर‚ भागबण्डा नपुगेपछि पुनः मन्त्रालय फुटाएर १३ बनाइएको छ। स्रोतका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सञ्चार मन्त्रालय विभाजन गरिएको हो। सञ्चार मन्त्रीको जिम्मेवारी उपेन्द्र घिमिरेले पाउने बताइएको छ। मन्त्री बन्नेको नाम लगभग फाइनल भएको गठबन्धन स्रोतले बताएको छ।

प्रतिक्रिया