मंगलबार, असार २४, २०८२

सिटिजन लाइफ इन्स्योरेन्सको आईओएस एपमा थपिए सुविधा…

नेपालखोज २०७८ माघ २३ गते १६:२१

काठमाडौं । आफ्ना ग्राहकलाई सरल तथा सुलभ सेवा पुर्‍याउन नवीनतम योजना ल्याउन सदैव अग्रणी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिष्कृत गर्ने गरेको छ । यसै क्रममा ‘डिजिटल सिटिजन अभियान’ अन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्सको आईओएस एप थप सुविधासहित अपग्रेड गरिएको छ । यो सुविधाका लागि एप स्टोरमा गई एप डाउनलोड गर्नुपर्नेछ ।

एपमार्फत ग्राहकले कम्पनीको विस्तृत विवरण, सम्पूर्ण बिमा योजनाको विस्तृत जानकारी, नेपालभर रहेका शाखा कार्यालयबारे जानकारी साथै कम्पनीका विभिन्न गतिविधिको जानकारी पनि लिन सकिनेछ । इच्छुक ग्राहकले एपमा रहेको प्रिमियम क्याल्कुलेटर प्रयोग गरी आफ्नो विवरण भरेर इच्छ्याएको योजनाको बिमा शुल्क राख्न र निकाल्न सक्नेछन् । कम्पनीको अभिकर्ता बन्न इच्छुक ग्राहकले पनि यस एपबाट आवेदन दिन सक्नेछन् । कम्पनीले ग्राहकको सुविधा मध्यनजर गरी घरमै बसेर बिमा शुल्क तिर्न सकिने व्यवस्थाका लागि ई-सेवा, फोन-पे, कनेक्ट आईपीएसलगायत डिजिटल बैंकिङ सुविधामार्फत अनलाइन भुक्तानीको व्यवस्थासमेत मिलाएको छ ।

एपमा लगईन गरेर बीमितले आफ्नो बिमा योजना, कुल बिमाङ्क रकम, आफुले अहिले सम्मतिरेको बिमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सक्नेछन । यसका साथै अभिकर्ताले पनि एपमा लगइन गरेर जीवन बिमा व्यवसाय तथा आफ्नो सम्पूर्ण कारोबारको जानकारी र ग्राहकको जानकारी प्राप्त गर्न सक्नेछन् ।

सिटिजन लाइफ इन्स्योरेन्सको डिजिटल सिटिजन अभियानअन्तर्गत अनलाईनमार्फत बिमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत वर्षदेखि र हालसालै अनलाइन बिमा दाबी सेवा सञ्चालनमा छ । कम्पनीले विभिन्न तालिम डिजिटल माध्यमबाट सञ्चालन गरिरहेको छ । ग्राहक तथा अभिकर्तालाई कार्यालयसम्म आउनुपर्ने अवस्थालाई सहज बनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्वस्तरीय बनाउदै जाने क्रममा डिजिटल सिटिजन अभियानअन्तर्गत कम्पनीले आगामी दिनमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवा प्रचलनमा ल्याउने योजना रहेको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया