मंगलबार, असार २४, २०८२

सिटिजन्स बैंकको सिटिजन सर्पोट सेन्टर सेवा सुरु

नेपालखोज २०७८ माघ २४ गते १:००

काठमाडौं । सिटिजन्स बैंकले डिजिटल बैंकिङको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दे आफ्नै नयाँ सिटिजन सर्पोट सेन्टर (कल सेन्टर) सुरु गरेको छ । बैकका अनुसार आइतबारदेखि उक्त सेवा सञ्चालनमा ल्याईएको हो ।

अब यस बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवाप्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन गर्न सक्नेछन् । ग्राहकहरूले ०१५९७००६८ नम्बरमा फोन गरी कल सेन्टरको सुविधा प्राप्त गर्न सक्ने छन् । कल सेन्टरको प्रयोगले ग्राहकहरुलाई सहज ढंगले बैंकिङ सेवा र सूचना प्राप्त गर्न सहयोग पुग्नेछ ।

हालका लागि यो सेवा आठ घण्टाको लागि आरम्भ गरिएको छ । क्रमशः सेवाको समयावधि पनि थप्दै लगिने योजना रहेको छ । देशभरी रहेका १३ लाखभन्दा बढी ग्राहकहरुलाई यो सेवाको आरम्भ भएसँगै बैकसंग थप नजिक हुन सहज हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले नगदरहित बैंकिङ, व्यत्तिको उपस्थित बिनाको बैकिङ, प्रणालिको स्व संचालनतर्फ अफूलाई अग्रगामी बनाउँदै लगेको कुरा सो कार्यक्रममा उपस्थित बैंकका व्यवस्थापकहरुलाई प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए । अबको बैंकिङ ग्राहकहरुलाई सरल, सुलभ, सुरक्षित, सहज बनाउँदै प्रविधिको अत्याधिक प्रयोग गर्ने गरी काम अघि बढाउन उपस्थित व्यवस्थापकहरुलाई पोखरेलले अनुरोध गरेका छन् ।

बैंकले डिजिटल बैंकिङमा अत्याधिक प्रयोग बढाउँदै लगेको छ । प्रविधिमैत्री र नयाँ पुस्त बैंकिङमा सिटिजन्सले आगामिदिनमा अत्याधिक प्राथमिकतामा राखि संचालन लागत घटाउन र ग्राहक मैत्री सहजता दिने विश्वास पनि पोखरेलले व्यक्त गरेका छन् । साथै उनले बैंकले आगामी दुई बर्षभित्रको डिजिटल बैंकिङ सम्बन्धी मार्गचित्रसमेत बनाएर अघि बढेको जानकारी दिएका छन् ।

बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ९० वटा शाखारहित बैंकिङ ईकाईहरुबाट करिव १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।

यसलाई मूर्तरुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया