प्रधानमन्त्री देउवाद्वारा भारतीय प्रख्यात गायिका मंगेशकरको निधनप्रति दुःख व्यक्त
नेपालखोज
२०७८ माघ २४ गते ६:५६

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रख्यात गायिका लता मंगेशकरको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रख्यात गायिका मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो ।
प्रधानमन्त्री देउवाले ट्वीट गर्दै कैयौँ लोकप्रिय नेपाली गीतमा समेत आवाज दिनुभएकी भारतीय गायिका लता मङ्गेशकरको निधनको खबरले आफू दुःखी भएको बताएका छन् । प्रधानमन्त्री देउवाले दिवङ्गत मंगेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनका परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया