नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारीमा डा. प्रकाशशरण महत
नेपालखोज
२०७८ माघ २४ गते ११:२२

काठमाडौं । नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत चयन भएका छन् । सभापति शेरबहादुर देउवाले महतलाई आज प्रवक्तामा नियुक्त गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
यसअघिका प्रवक्ता विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएपछि प्रवक्तामा कसलाई ल्याउने भन्ने अन्योल थियो । प्रवक्त भएर नै लोकप्रियता कमाएकाले विश्वप्रकाश महामन्त्रीमा बाजी मार्न सफल भएको चर्चा हुने गर्छ । त्यहीभएर पनि प्रवक्तामा धेरै कांग्रेस केन्द्रीय सदस्यको दाबी थियो ।
सरकारका प्रवक्त समेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको समेत प्रवक्तामा दाबी रहेको बताइएको थियो । प्रवक्तामा देउवाले आफू निकट महतलाई नियुक्त गरेका हुन् । महतले देउवालाई १४ औं महाधिवेशनमा सभापति बनाउन भूमिका खेलेका थिए ।

सम्बन्धित

प्रतिक्रिया