‘परिवर्तनबाट प्राप्त उपलब्धि जोगाउन माओवादी एकजुट हुन आवश्यक’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई सखाप पार्न विभिन्न शक्तिहरु लागिपरेको आरोप लगाएका छन् । आज विप्लव नेतृत्व नेकपाको जुम्ला जिल्ला समितिलाई माओवादीमा प्रवेश गराउँदै उनले ‘देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरु’ माओवादीविरुद्घ लागेको आरोप लगाएका हुन् ।

प्रचण्डले माओवादीको सहयात्रीहरु एक ठाउँमा उभिनुको विकल्प नभएको समेत बताए । उनले भने, ‘माओवादीलाई देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरुले कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहको छन् । हामी यति ठूलो परिवर्तनका बाहकहरु विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।’
प्रचण्डले विस्तारै देशको वस्तुगत अवस्थालाई मनन् गर्दै माओवादीहरु परिवर्तनबाट प्राप्त उपलब्धीलाई जागाउन एकजुट हुन आवश्यक रहेको बताए । उनले भने, ‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं । हामीलाई कसैले परास्त गर्न सक्दैन ।’

प्रतिक्रिया