हल्ट प्राइज एट आईओईको रोमाञ्चक सेमिफाइनल !

काठमाडौं । हिउँदको ठिरेटो मौसममा जल्दा बल्दा परियोजनको समायोजनसँगै हल्ट प्राइज एट आईओई २१/२२ को सेमिफाइनल बज्र टेक्नोलोजिज, भर्टेक्स नेपाल, इम्प्याक्ट नेपाल र दराजसँग सफलतापूर्वक सम्पन्न भएको छ ।
मिडिया कभरेज प्रबन्धक सुनीति श्रेष्ठले सेमिफाइनलमा पुगेका ४७ टोली, निर्णायक प्यानल, अतिथि र रोमाञ्चक दिनको प्रतीक्षामा उपस्थित सबैलाई सम्बोधन गर्दै मैदानमा कडा प्रतिस्पर्धाको बाबजुद सेमिफाइनलसम्म पुग्न सफल भएकामा सहभागीहरुलाई बधाइ दिइन । हालसम्मको हल्ट प्राइजको यात्राबारे दर्शकलाई जानकारी गराउँदै उनले हल्ट प्राइजको क्रान्तिकारी प्रकृति, विश्वभरि स्टार्टअपहरूलाई अविश्वसनीय ढंगले गरेकोमा जोड दिइन् । उनले सबै प्रायोजकहरू र मिडिया साझेदारहरूप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै निरन्तर समर्थन र कभरेजबिना आईओईमा हल्ट प्राइजले यो सफलताको स्तरको सपना देख्न नसकेको बताइन् ।
क्याम्पस निर्देशक विशाल बस्यालले दर्शक, निर्णायक मण्डल, सहभागी र अतिथिहरूलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखे । अहिलेसम्मका सबै कार्यक्रममा प्रभावशाली उद्यमीहरूले सहभागीहरूलाई दिएको मार्गदर्शन, सल्लाह र मौलिक विचारहरूले कल्पना गरिएको योजनाप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा मुख्यवक्ता निशेष तिवारी, बजरा टेक्नोलोजीका प्रतिनिधि र हार्डवेयर सोलुसनका वरिष्ठ निर्देशकले सेमिफाइनल ‘ड्रिमिङ बिग’ लाई आवाज दिँदै बजरा टेक्नोलोजिजले गरेको यात्रामार्फत एउटा सपनाबाट सुरु गरी त्यो अतुलनीय उपलब्धिको वास्तविकतालाई साकार पार्न गर्नुपर्ने अठोटमा जोड दिए ।
कार्यक्रमको मूल आकर्षण, पिचिङ एक स्फूर्तिदायी वातावरणसँग सुरु भयो । प्रत्येक टिमले तीन मिनेटमा आफ्नो पिच र दुई मिनेट निर्णायकहरुको प्रश्नहरुको उत्तर दिएका थिए । पिचिङ ३ स्लटमा सम्पन्न भएको थियो जहाँ प्रत्येक स्लटमा फरक निर्णायकमण्डल थिए । नवीन विचार र आशाहरुले भरिएका सबै योजनाहरु निकै प्रभावसाली थिए । निकै अन्तर्क्रियात्मक रहेको सेमिफाइनलमा दर्शकबाट पनि विद्यमान समस्या र परियोजनाको समायोजनबारे जिज्ञासा आएका थिए। पिचिङ स्लटहरूको बीचमा हाम्रा अतिथि ‘म तिम्रो’ पछाडिको आवाज अभिस्कर केसीको, नगन्य माया, मेलो गीतहरूमा रोमाञ्चक सांगीतिक प्रस्तुतिले थकित सहभागीहरूलाई आनन्द बनायो । ४८ टोलीको पिचिङ सम्पन्न भइसक्दा दिनले नेटो काट्दै थियो ।
लगत्तै, कार्यक्रममा सौनक भट्टको आगमन भयो । आफ्नो व्यक्तिगत विकास सेमिनार र ट्रेनिङ डिजाइनहरूद्वारा विश्वका विभिन्न भागका तीन लाखभन्दा बढी मानिससम्म पुगेका उनले मानिसहरूलाई उनीहरूको मानसिकता, व्यवहार, भावनात्मक ढाँचा, दृष्टिकोण र आत्म-जागरूकताको साथ विश्वास प्रणालीहरू बढाएर जीवनको विकास गर्न मद्दत गरिरहेको र सबैले गर्नुपर्ने बताए ।
प्रोजेक्ट म्यानेजर आकृति शर्माले अतिथि वक्ता, प्रानका प्रमुख कार्यकारी अधिकृत, आविष्कारक र एक सामाजिक उद्यमी अंगद दर्यानीलाई स्वागत गर्दै तेह्र वर्षको उमेरमा थ्रीडी प्रिन्टर आविष्कार गरेको अनुभव र परियोजनाको विषयमा खुला कुराकानी गरिन् ।
आफ्नो साहसिक कार्यको सम्झना गर्दै र सहभागीहरुलाई सामाजिक उद्यमशीलताको अवधारणाबारे प्रष्ट पार्दै विश्वव्यापी रुपमा सोच्न र स्थानीय रुपमा समाधान गर्न प्रोत्साहित गरे ।
अंगद दर्यानीसँगको प्रेरणादायी सत्रपछि, भूतपूर्व मिस नेपाल र सफल मार्केटिङ उद्यमी इभाना मानन्धरसँग कुराकानी गरिएको थियो । जहाँ मार्केटिङ र ब्रान्डिङका कुरा विस्तृत रूपमा भएका थिए । मानन्धरले उद्यमशीलतामा प्रवेश गर्नुअघि आफ्नो मूल्य, आफ्नै ब्रान्ड सिर्जना गर्न, जोखिम लिन, पूर्ण विश्लेषण गर्न र भावनात्मक बौद्धिकता, नैतिक आधार र पारदर्शितामा ध्यान केन्द्रित गरेर आफ्नो व्यक्तित्वसँग सिङ्क्रोनाइज गर्न सहभागीहरूलाई आग्रह गरिन् ।
दिनको अर्को अतिथि वक्ता, सनसनीपूर्ण मिडिया उपस्थितिमध्ये रेन्डम नेपाली भनेर चिनिने, राष्ट्रविमोचन टिमलसेना थिए । विभिन्न फिल्डमा सामग्री सिर्जना गर्ने चाहनाले आफूलाई कसरी ‘रेन्डम नेपाली’ भन्ने नाउँमा टाँसिने गरेको बताएर उनले सार्वजनिक छवि कायम राख्न आफूलाई गुमाउने जोखिमलाई सम्बोधन गरे । स्रोताको जिज्ञासालाई सम्बोधन गर्दै उनले नेपालमा क्रिप्टो करेन्सीको वैधानिकताबारे आफ्नो धारणा व्यक्त गरे र यसलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउनुको साटो नयाँ क्षितिज र प्रविधिमा आउने चुनौतीलाई आत्मसात् गर्नुपर्ने धारणा राखे । दिनको सबैभन्दा प्रतिक्षित क्षणमा बजरा टेक्नोलोजीका निर्देशक, मानव संसाधन र सञ्चालन, सन्देश कर्माचार्यले फाइनलमा प्रतिस्पर्धा गर्ने १८ टोलीको घोषणा र बधाइ दिए ।
प्रतिक्रिया