आइतबार, कार्तिक ७, २०७८

‘सुरक्षित दसैँ मनाऔं’ भन्ने नाराका साथ सिभिल बैंकले कार्यक्रमकाे आयोजना गर्दै

नेपालखोज २०७८ असोज २५ गते १४:३३

काठमाडौं । सिभिल बैंक लिमिटेडले यस वर्षको दसैँको अवसरमा “सुरक्षित दसैँ मनाऔं” भन्ने नाराका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अगाडी ल्याएको छ ।

बडा दसैंको नवाैं दिन अर्थात नवमीमा भक्तजनहरुको मन्दिरहरुमा बाक्लो घुइँचो लाग्ने हुँदा कोरोना संक्रमणको जोखिम बढी हुने संभावनालाई मध्यनजर गर्दे बैंकले काठमाडाैंको तलेजु भवानी, काल भैरब, नरदेवी तथा कन्केश्वरी अजीमा देवीको मन्दिर परिसरमा फेस मास्क तथा स्यानीटाईजर वितरण गर्ने भएको छ ।

यसले बडा दसैंमा श्रद्धालु भक्तजनमाझ कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने कुरा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताएका छन् ।

प्रतिक्रिया