चीन सीमा विवाद : उपयुक्त समयमा आधिकारिक घारणा बाहिर आउँछ

काठमाडौं । चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने सरकारले जनाएको छ ।
आज मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा बाहिर ल्याउने बताएका हुन् ।
उनले कुनै रिपोर्पको आधारमा नभएर वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ धारणा ल्याउने बताए । मन्त्री कार्कीले सरकार छिमेकी देशहरुसँग सिमा समस्या आउन नदिनको लागि प्रयत्नशिल रहेको पनि बताए ।
त्यस्तै, पत्रकारको राष्ट्रपति चुरे संरक्षण तराई मधेश समितिका पदाधिकारी पदमुक्त गरेको विषयमा समाचार प्रकाशन गर्ने सञ्चार माध्यम नै जिम्मेवार रहने उनले बताए । प्रवक्ता कार्कीले भारत र चीनसँगको सीमा समस्यालाई कूटनीतिक माध्यमबाट सरकारले समाधान गर्ने बताएका छन् ।

प्रतिक्रिया