शुक्रबार, जेठ ३, २०८२

भारतका १५ देखि १८ बर्षका पाँच करोडले लगाए पहिलो खोप

नेपालखोज २०७८ माघ २५ गते २१:४४

दिल्ली । भारतमा १५ देखि १८ बर्षसम्मका पाँच करोडभन्दा बढीले कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाएका छन् । ती ठूलो मात्रामा खोप लगाएकाहरुको सङ्ख्या देखिएकाले अव कोरोना भाइरस विरुद्ध लड्न सजिलो हुने देखिएको अधिकारीहरूले जनाएका छन् ।

उनीहरुले यसलाई ठूलो उपलब्धीका रुपमा व्याख्या गर्दै खोप लगाउन अन्य व्यक्तिसमेतलाई अनुरोध गरेका छन् । भारतमा अहिलेसम्म कुल झण्डै सय ७० करोड मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाएको अधिकारीहरूले जानकारी दिएका छन् ।

संघीय स्वास्थ्य मन्त्रालयले देशभरी एक करोड ६७ लाख ८०० भन्दा बढी खोप प्रदेश तथा राज्य सरकारहरुलाई हस्तान्तरण गरिएको जनाएको छ । भातरमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान सुरु भएको हो ।

प्रतिक्रिया