देशका धेरै स्थानमा वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

नेपालखोज २०७८ माघ २६ गते ६:३३

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा माैसम पू्र्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भू-भाग लगायत बाँकी पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य भू-भागमा मौसम सामान्यतय: सफा रहेको विभागले उल्लेख गरेकाे छ ।

आज दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश का धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने वाग्मती प्रदेश तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

त्यस्तै आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशलगायत वाग्मती र प्रदेश नं १ को पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र वाग्मती तथा प्रदेश नं १ का पहाडी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकाे जल तथा माैसम पू्र्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया