बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?
नेपालखोज
२०७८ माघ २६ गते ११:५१

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला ३ सय रूपैयाँले बढेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ३ सय रूपैयाँले बढेको छ । आज तेजाबी सुन ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि २० रूपैयाँले बढेको छ । आज चाँदी १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी मंगलबार १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया