कामना सेवा र स्मार्ट च्वाइसबी के कुरामा भयो सम्झौता ?

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र राष्ट्रियस्तरको ‘ख’ वर्गको इजाजतपत्रप्राप्त कामना सेवा विकास बैंक लिमिटेडबीच सहकार्य गर्नका लागि सम्झौता भएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र कामना विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरे ।
नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दे विद्युतीय कारोबारलाई बढावा दिने प्रमुख उद्देश्यकासाथ क्रियाशील स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले लामो समय देखि सर्वसाधारणलाई सबै प्रकारका बैंकिङ सेवासुबिधा दिँदै आएको छ । कामना सेवा विकास बैकको सहकार्यबाट डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुर्याउने आशा लिएको छ ।
सम्झौतापश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना बैंक लिमिटेडबीच एससीटी युपीटी, डेबिट कार्ड, स्मार्ट क्यू आर र एससीठी एन पे उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुने भएको छ । बैंकले ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्नेछ । एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटिएम, पीओएस, इ कर्मस सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुनेछ ।
प्रतिक्रिया