शनिबार, असार १४, २०८२

चौबीस घण्टामा ७ हजार ७७७ जना निको, २ हजार ४०१ जनामा कोरोना

नेपालखोज २०७८ माघ २६ गते १७:४८

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ७ हजार ७७७ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख २८ हजार ३६९ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९५ दशमलव ७ प्रतिशत रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा नेपालमा थप २ हजार ४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ११ हजार ६०३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ८५१ र ४ हजार ७५३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५५० जना गरी कुल २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल ३० हजार २४१ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८५२ पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा देशभरबाट जम्मा २ लाख ४६ हजार ७८३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया