सुनकाे भाउ बढ्याे, चाँदीकाे स्थिर
नेपालखोज
२०७८ माघ २७ गते १०:४८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनकाे भाउ बढेकाे छ भने चाँदीकाे भाउ स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला ५ सय रूपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ५ सय रूपैयाँले बढेको छ । आज तेजाबी सुन ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेका छ । आज चाँदी १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी बुधबार पनि १२ सय ८० रुपैयाँमा नै कारोबार भएको थियो ।

सम्बन्धित

प्रतिक्रिया