मंगलबार, वैशाख १६, २०८२

डिल्लीबजारमा खुल्यो लक्ष्मी बैंकको १४१औं शाखा

नेपालखोज २०७८ माघ २७ गते १२:५०

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा सन्जाल विस्तार गरेको छ । यसै क्रममा १४१औं शाखा काठमाडौं महानगरपालिका २९ डिल्लीबजारमा शाखा सञ्चालनमा ल्याएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

डिल्लीबजारको कालिकामार्गमा रहेकोे यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरूमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

नयाँ शाखाको सुरुवातसँगै लक्ष्मी बैंकको शाखा सन्जाल ५० जिल्लामा १४१ शाखा, १० एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ एजेन्ट पुगेको छ ।

यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा आक्रामकरुपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।

यो शाखाको विस्तारसँगै बैंकले ग्राहकहरूलाई उनीहरूकै रोजाइको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवा प्रदान गरी सहरी तथा अर्ध सहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरूप महत्त्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

प्रतिक्रिया