कमल थापाले मेरो सल्लाह अस्वीकार गरेकामा दुःख लागेको छ : जबरा (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले पार्टी परित्याग गरेका पूर्वअध्यक्ष कमल थापा पुनः पार्टीमा फर्किनेमा आशावादी रहेको बताएका छन् । बिहीवार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकअघि सञ्चारकर्मीसँग पूर्वअध्यक्ष जबराले थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरेको बताए ।
उनले आफूने दिएको सल्लाह अस्वीकार गरेकोमा दुःख लागेको समेत बताएका छन् । उनले पूर्वअध्यक्ष थापाले पार्टी परित्यागको घोषणा गर्नु अनपेक्षित घटना भएको बताए । उनले भने, ‘यो अनपेक्षित घटना हो । उहाँको धेरै गुनासोहरु सार्वजनिक भइसकेको थियो । तर हाम्रो कुरा हुँदा यी सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौँ भनेर मैले अनुरोध गरेको थिएँ । त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ । अपर्झट निर्णय आयो, दुःख लाग्दो कुरा हो । तीनै चरणको निर्वाचनमा पार्टीले गम्भीर भएर सोच्नुपर्छ । उहाँ पार्टीमा पुनः फर्किनुहोस भन्ने आशा छ ।’
पूर्वअध्यक्ष जबराले आगामी तीनै चरणको निर्वाचनमा पार्टी गम्भीर भएर लाग्नुपर्ने बताए ।

प्रतिक्रिया