टिभिएस् स्कुटरमा ‘कनेक्ट टु लभ’ योजना

काठमाडौं । टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर सम्पूर्ण टिभिएस् स्कुटरमा ‘कनेक्ट टु लभ’ योजना ल्याएको छ ।
जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइ लगायत नेपालमा सबै भन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टि स्कुटर एन्टर्क बिक्री वितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो ।
योजनाको थिम ‘लभ इज जस्ट अ कल अवे’ रहेको छ । योजना अन्तर्गत उपभोक्ताले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा ६ हजार रुपैयाँसम्मको सियोर सट नगद छुट समेत रहेको छ । हरेक दिन लक्की ड्र मार्फत एउटा रियलमी स्मार्ट फोन जित्न सक्ने मौका समेत रहेको छ । लक्की ड्र हरेक दिन जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेज मार्फत हुनेछ ।
योजना अन्तर्गत ग्राहकले ४० प्रतिसत डाउन पेमेन्ट गरेर शुन्य प्रतिसत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । माघ २५ गतेदेखि फाल्गुन ६ गतेसम्म लागु हुने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया