युक्रेनको आरोप- रुसले समुद्री पहुँचमा अवरोध पुर्यायो
नेपालखोज
२०७८ माघ २८ गते ७:५५

काठमाडाैं । युक्रेनले आफ्नो समुद्री पहुँचमा रुसले अवरोध पुर्याएको आरोप लगाएको छ । उक्त क्षेत्रमा बढ्दो तनावमाझ अर्को साता रुसी नौसेनाले एउटा सैन्य अभ्यास गर्न लागेका बेला युक्रेनका विदेशमन्त्रीले त्यस्तो आरोप लगाएका हुन् ।
विदेशमन्त्री दिमेत्रो कुलेबाले सी अफ एजोफ पूरै अवरूद्ध पारिएको र ब्याक सीको बाटोसमेत लगभग पूरै जस्तो विच्छेद गरिएको बताएका छन् । त्यस क्षेत्रमा तनाव चुलिएका बेला रुसी सैन्य अभ्यासले समुद्रमा आउजाउ ‘व्यवहारिक रूपमा असम्भव’ भएको युक्रेनले जनाएको छ ।
युक्रेनतर्फका सीमामा एक लाखभन्दा धेरै रुसी सैनिक तैनाथ गरिए पनि युक्रेनमा हमलाको योजना बनाएको भन्ने पश्चिमा आरोपलाई मस्कोले अस्वीकार गर्दै आएको छ । बीबीसी
सम्बन्धित
प्रतिक्रिया