प्रभुु लाइफ इन्स्योरेन्सको दोस्रो त्रैमासिक नाफा ६ करोड १९ लाख
नेपालखोज
२०७८ माघ २८ गते १७:२०

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिकमा ६ करोड १९ लाख १० हजार सात सय ८३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आ.व. को सोही अवधिमा कम्पनीको नाफा ८ करोड ८ लाख ४७ हजार ९६ रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी दुई अर्ब रुपैयाँ रहेको कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा प्रतिशेयर आम्दानी ६ रुपैयाँ १९ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय २२ रुपैयाँ ५९ पैसा रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया