शनिबार, वैशाख १५, २०८१

यार्सा टेकले जित्यो इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२३

नेपालखोज २०८० पुष ८ गते १९:०५

काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले ‘यार्सा टेक प्रालि’लाई ‘इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२३’ को विजेता घोषणा गरेको छ । इनड्राइभले, प्रतिष्ठित आईसीटी अवार्ड २०२३ को लागि साझेदारी गरेको थियो, जसले सूचनातथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमाउत्कृष्ट उपलब्धिहरूलाई मान्यतादिने आफ्नो प्रतिबद्धतालाई जनाएको छ ।
इनड्राइभ, प्राविधिक विकासहरू तथा ड्राइभिङको लागि प्रतिबद्धताका लागि प्रख्यात रहेको छ र आईसीटी अवार्ड २०२३ सँग आफूलाई साझेदारी गर्न पाउँदा गौरवान्वित छ, जसले सकारात्मक विचार र नवीन स्टार्टअपहरू मनाउने प्लेटफर्मको रूपमा काम गर्दछ ।

इनड्राइभका एपीएसीकापी आर लिड पवितनन्दा आनन्दले भनिन्, ‘इनड्राइभले आईसीटी अवार्ड २०२३ संग साझेदारी गर्न पाउँदा सम्मानित महशुस गरेको छ । इनड्राइभले आईसीटी क्षेत्रमा स्टार्टअपहरूका लागि पहिचान र सशक्तिकरणको महत्त्व बुझ्दछ, र अन्तर्राष्ट्रिय मञ्चमा उनीहरूका उपलब्धिहरूलाई प्रकाश पार्ने कार्यक्रममा योगदान दिनपाउँदा हामीगर्व गर्छौं, हामी इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२३ को सबै विजेताहरुलाई पनि बधाई दिन चाहन्छौं ।’

आईसीटी अवार्ड उदीयमान प्रतिभाहरूको पहिचान र प्रदर्शन गर्न, उनीहरूलाई उद्योगमा महत्वपूर्ण प्रगति गर्न आवश्यक पर्ने एक्सपोजर र समर्थन प्रदान गर्ने भूमिकाका लागि प्रख्यात रहेको छ। इनड्राइभले प्राविधिक विकासमा स्टार्टअपहरूले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिन्छ र भिजनसहितका आगामी पुस्तालाई समर्थन गर्न समर्पित रहेको छ ।

आईसीटी अवार्ड २०२३ का अध्यक्ष राजन लम्सालले भने, ‘हामी इनड्राइभलाई आईसीटी अवार्ड २०२३ को ‘इनएसोसिएसन पार्टनर’ को रूपमा अनबोर्ड गर्न पाउँदा उत्साहित छौं । प्रविधिको उन्नतिप्रतिको इनड्राइभको प्रतिबद्धता, आईसीटी सेक्टरमा नवीन स्टार्टअपहरूलाई पहिचान र उत्थान गर्ने लक्ष्य र हाम्रो लक्ष्यसँग पूर्ण रूपमा मेल खान्छ । इन्ड्राइभको सहयोगले निस्सन्देह यस वर्षको अवार्डको सफलतामा योगदान पु¥याएको छ, र हामी विश्वव्यापीरूपमा उत्कृष्ट स्टार्टअपहरूको वृद्धि र पहिचानलाई थप प्रोत्साहन दिने सहयोगी प्रयासको लागि तत्पर रहेका छौं ।’

प्रतिक्रिया