राष्ट्रपति र केपी ओलीको स्वास्थ्य सन्देश लिएर सत्यमोहन जोशीलाई श्रेष्ठले भेटे

नेपालखोज २०७८ माघ २८ गते १६:२४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संस्कृतिविद सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् । पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठमार्फत जोशीको स्वास्थ्य लााभको कामना सहित सन्देश पठाइएको हो ।

जोशीलाई भेट्न पूर्वमन्त्री श्रेष्ठ बिहान किष्ट अस्पताल पुगेका थिए । जोशीसँग भेटको क्रममा उनले सिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । उनले संस्कृतिविद जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र अवस्थाबारे यथार्थ जानकारी लिन अस्पताल आएको बताए । फोक्सोमा पानी जमेको कारण केही समस्या देखिएको र अस्पतालको वरिष्ठ चिकित्सकको टीमले फोक्सोबाट पानी निकालिसकेको कारण अब स्वाथ्यमा समस्या नदेखिएको उनको भनाई छ ।

उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । उनी अबको केही दिनमा निवासमै फर्कने बताइएको छ । संस्कृतिविद जोशीको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै श्रेष्ठले भने, ‘अस्पतालले निःशुल्क उपचारको व्यवस्था गरेको छ ।’

देशको जिउँदो इतिहास बोकेको संसकृतिविद जोशीको उपचारमा कुनै समस्या छैन । एक सताब्दी नाघिसक्नु भएका जोशीलाई स्वास्थ्यमा समस्या देखिनुका साथै निमोनिया देखिएपछि मंगलबारदेखि किस्ट मेडिकल कलेज शिक्षण अस्पताल भर्ना भएका थिए । मंगलबार छातीमा समस्या देखिएपछि उनलाई उपचारका लागि पाटन बखुम्बहालस्थित निवासबाट अस्पताल लगिएको थियो ।

प्रतिक्रिया