तीन दिनसम्म मौसम सफा हुने
नेपालखोज
२०७८ माघ २९ गते ९:३२

काठमाडौं । आगामी तीन दिनसम्म मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि त्यसको उल्लेखनीय असर नदेखिएको महाशाखाको विश्लेषण छ ।
उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू-भागमा आंशिक बदली छ । तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । आइतबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ ।
काठमाडौं । आगामी तीन दिनसम्म मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि त्यसको उल्लेखनीय असर नदेखिएको महाशाखाको विश्लेषण छ ।
सोमबार पनि मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया