एनसेलले घटायो लोकल कलको महसुल
प्रिपेड मोबाइल प्रयोगकर्ताले अब प्रतिमिनेट १.६२ रुपैयाँमा कुनै पनि नेटवर्कमा कल गर्न सक्छन् ।

काठमाडौं । एनसेलका ग्राहकहरुले अब अझै सस्तोमा नेपाल भर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर कर बाहेक एक रुपैयाँ ९९ पैसा प्रति मिनेटबाट घटाइ कर बाहेक प्रतिमिनेट एक रुपैयाँ ६२ पैसा कायम गरेको छ ।
प्रिपेड ग्राहकहरुका लागि लागु भएको यो नयाँ महसुल दरले देशभर समान रुपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दर अन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ । यो परिमार्जित नयाँ महसुल दर शुक्रबार (माघ २८) बाट लागू भएको हो । नयाँ महसुल दरको लाभ लिनका लागि ग्राहकहरुले एष्ट्रिक्स् १७१०७ ह्यास डायल गरि सेवा निःशुल्क सुचारु गर्न सक्छन् ।
अझै सस्तोमा नेपाल भर एउटै कल दरमा भ्वाइस सेवा
नयाँ महसुल दरले ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदछ । हामी आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय सेवा अनुभवका साथ उत्कृष्ट मुल्य प्रदान गर्न सदा प्रयासरत रहेका छौं । यो नयाँ महसुल दर २०७९ साउन २४ गते सम्म लागु रहने एनसेलले विज्ञप्तिमार्फत भनेको छ ।
प्रतिक्रिया