एमसीसीको विवाद निरर्थक : ठाकुर
नेपालखोज
२०७८ माघ २९ गते १९:२७

धनुषा । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विषयमा अहिले सिर्जना गरिएको विवाद निरर्थक रहेको बताएका छन ।
जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ठाकुरले एमसीसी परियोजना विशद्ध रुपमा विकासँग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताए । उनले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटनाउन यो महत्त्वपुर्ण विषय भएको बताए । अध्यक्ष ठाकुरले एमसीसीको विषयमा उठेको विवादहरुको विषयमा सरोकारवाला निकायले आफनो पक्ष राखि सकेको अवस्थामा यसलाई सस्तो लोकप्रियता हासिल गर्न विवाद सृजना गर्नु उचित नभएको बताए ।
अध्यक्ष ठाकुरले आफनो पार्टीमा कुनै विवाद नरहेको बताउदै पार्टी छोडेर जानेहरुलाई रोक्न नसकिने बताए । उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने सम्भावना रहेको बताउदै त्यो समयको आवश्यकता रहेर निर्णय लिने समेत बताए ।
सम्बन्धित

प्रतिक्रिया