शनिबार, जेठ ४, २०८२

कतार विश्वकप : यी देश खेल्दै छन् सेमिफाइनल

नेपालखोज २०७९ मंसिर २६ गते ७:१७

काठमाडाैं । कतार विश्वकपको सेमिफाइनल समीकरण पूरा भएकाे छ । आइतबार अन्तिम क्वार्टरफाइनलमा फ्रान्सले इङ्ल्यान्डलाई हराएसँगै कतारमा जारी फिफा विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको हाे ।

यस पटकको विश्वकपमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन् । मोरक्को भने पहिलो पटक विश्वकपको अन्तिम चारमा पुगेको हो ।

आगामी बुधबार पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाविरुद्ध खेल्नेछ । कतारको लुसैल रंगशालामा हुने यो खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

त्यस्तै बिहीबार हुने दोस्रो सेमिफाइनलमा मोरक्कोले साविक विजेता फ्रान्ससँग खेल्ने छ । अल बायत रंगशालामा हुने यो खेलपनि नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया