छलफल नै नगरी ल्याइएको महाअभियोगमा हामीलाई भन्नु केही छैन : नेकपा एमाले

नेपालखोज २०७८ फागुन १ गते १२:३५

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग नेकपा एमालेसँग छलफल नै नगरी ल्याइएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् । लामो समयदेखि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच संवाद नै नभएको भट्टराईले बताए ।

आइतबार सत्ता गठबन्धनका प्रमुख तीन पार्टीले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएका हुन् । संसद् सचिवालयमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीका सांसद्ले महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई खबर नै नगरी गलत नियतले महाअभियोग ल्याइएको भट्टराईले स्पष्ट पारेका छन् ।

महाअभियोगबारे छलफल गर्न नेकपा एमालेले भोलिका लागि बैठक बोलाएको उनले स्पष्ट पारे । उनले भने, ‘हाम्रो सत्ता पक्षसँग लामो समय भयो संंवाद नै नभएको । के कारणले ल्याइयो महाअभियोग हामी छलफल गर्छौ । त्यसपछि निर्णयमा पुग्ने एउटा कुरा हो । तर यस्तो महत्वपूर्ण कुरामा समेत एमालेलाई बाइपास गर्न खोज्दा दुर्घटना हुन सक्छ ।’

एमालेका धेरै सांसद् उपत्यका बाहिर रहेकाले भोलि बैठक बस्ने भट्टराईले स्पष्ट पारे । उनले भने, सत्ता गठबन्धन एक्लै चल्न खोजेको छ । हामीलाई कुने जानकारी छैन् । मैले पनि महाअभियोय ल्याइयो भन्ने भर्खर थाहा पाएँ ।

प्रतिक्रिया