एमाले संसदीय दलको बैठक बस्दै, महाअभियोग प्रस्तावबारे छलफल हुने

काठमाडौं । प्रधानन्यायाधीश राणाविरुद्ध ल्याइएको महाअभियोग प्रस्तावबारे छलफल गर्न नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ । आज (सोमबार) बिहान ११ बजे बोलाइएको बैठकमा सांसदहरुको हस्ताक्षर संकलन गर्ने र महाअभियोग प्रस्ताव दर्ता गर्ने सम्भावना रहेको जनाइएको छ ।
आज बस्ने एमाले संसदीय दलको बैठकले सर्वोचका चार जना न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने निर्णय गर्ने बुझिएको छ । केपीशर्मा ओली प्रधानमन्त्रीले विगठन गरेको संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरुविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको जनाइएको छ ।
एमालेले न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । उता सत्तारुढ दलका ९८ जना सांसदहरुले हिजो (आइतबार) प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिसकेका छन् ।

प्रतिक्रिया