शनिबार, जेठ ४, २०८२

कोहलपुर डेभलपर्सले ल्यायो सरल किस्तामै घडेरी किन्न पाइने अफर

नेपालखोज २०७८ फागुन २ गते १२:२०

काठमाडौं । टिकटक भिडियो बनाउने ठाउँको रुपमा भाइरल बनेको मध्यपश्चिम क्षेत्रको कोहलपुरस्थित कोहलपुर डेभलपर्सले सुविधायुक्त घडेरी सस्तोमा बिक्री योजना ल्याएको छ । कोहलपुर डेभलपर्सले ५०० भन्दा बढी स्मार्ट घडेरीहरू किस्ताबन्दीमै बिक्रीको योजना ल्याएको हो ।

मध्यपश्चिम क्षेत्रको विकासोन्मुख र आकर्षक सहर कोहलपुरबाट कर्णालीतर्फको यस क्षेत्रमा पानीको निकाससहित कालोपत्रे सडक, बिजुली बत्ती, खानेपानी, नगर बसपार्क, अस्पताल साथै प्रयाप्त खुल्ला क्षेत्रको सुविधा छ ।

कोहलपुर डेभलपर्सका अनुसार ५०० भन्दा बढी स्मार्ट घडेरीहरू मासिक सरल किस्तामै उपलब्ध गरिएको छ । चारैतिर हरियाली र सुन्दर बाटो भएको यस ठाउँ २०७७ पछि स्मार्ट सिटीको रुपमा चिनिएको हो ।

मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रकै प्रमुख व्यापारिक केन्द्रको रुपमा पनि यस क्षेत्रको विकास गर्न लागिएको कोहलपुर स्मार्ट न्यु सिटीका व्यवस्थापक सुरेश आचार्यले बताए । यस्तै नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त वास्तुशास्त्रअनुसार स्मार्ट सिटीको डिजाइन गरिएको बताइएको छ ।

आवास परियोजनाअन्तर्गत २० प्रतिशत मूल्य भुक्तान गरी वार्षिक करिब ११ प्रतिशत ब्याजदरमा ६० किस्तामा भुक्तान गर्न सकिने बताइएको छ । कोहलपुर डेभलपर्सले यस ठाउँमा ग्राहकलाई आफ्नो इच्छा र आवश्यकताअनुसार ७ धुर वा त्यसभन्दा माथि जतिसुकै धुरको प्लट किन्न सकिने अफर दिएको छ ।

प्रतिक्रिया