ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर गोरखाको बिरुवाटारमा
नेपालखोज
२०७८ फागुन २ गते १३:५१

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले गोरखा जिल्लाको पालुङटार नगरपालिका ७, बिरुवाटारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याकएको छ ।
बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै यस एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । बैंकको ४९औं एक्सटेन्सन काउन्टरको उद्घाटन पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले गरेका छन् ।
‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २७ लाखभन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आईएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ४९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८५० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया