प्राइम कर्मसियल बैंकको स्वतन्त्र सञ्चालकमा डा. चित्रकार

काठमाडौं । प्राइम कर्मसियल बैंकको स्वतन्त्र सञ्चालकमा प्रा. डा. तारादेवी चित्रकार नियुक्त भएकी छन् । बैंक सञ्चालक समितीको बिहिबार बसेको चार सय ५५ औं बैठकले नयाँ बानेश्वर, काठमाडौं निवासी प्रा.डा. चित्रकारलाई बैंकतथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ बमोजिम स्वतन्त्र सञ्चालक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
नेपाल विद्याभूषण ‘क’ बाट विभूषित, व्यवस्थापन विषय अन्तर्गत उत्पादनमूलक प्रतिष्ठानको सन्दर्भमा नेपालमा निजीकरणको समीक्षा विषयमा विद्यावारिधि गरेकी प्रा.डा. चित्रकार त्रिभुवन विश्वविद्यालय अन्तर्गत पब्लिक युथ क्याम्पसमा लामो समयदेखि व्यवस्थापन संकायमा रही बैंक तथा वित्तीय क्षेत्र, स्टक बजार, लेखा, विषयमा प्राध्यापन गरी रहेकी छन् ।
उनका विभिन्न शोधमूलक लेख रचना प्रकाशित छन् भने सामाजिक क्षेत्रमा समेत सक्रिय छन् । यसैगरी बैंकको बिहिबार नैं बसेको सञ्चालक समितीको चार सय ५६ औं बैठकले बैंकको आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आठ दशमलव ९५ प्रतिशत अर्थात एक अर्ब ६६ करोड ९७ लाख ४० हजार आठ सय ९१ रुपैंयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
जस मध्ये प्रति शेयर चार प्रतिशतका दरले बोनस शेयर र प्रति शेयर चार दशमलव ९५ प्रतिशतका दरले नगद लाभाँश दिने प्रस्ताव गरिएको छ । प्रस्तावित बोनस शेयर र नगद लाभाँश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भए पश्चात प्रदान गरिने बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया