कांग्रेस संसदीय दलको बैठक बस्दै, एमसीसी र महाअभियागेबारे छलफल हुने

नेपालखोज २०७८ फागुन २ गते १४:०२

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको एक हलमा बैठक बस्ने भएको हो ।

बैठकमा एमसीसीको विषयमा छलफल गरिने बताइएको छ । सरकारले एमसीसी सदन्मा लैजान सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरिरहेको छ । तर, सभामुख एमसीसी संसद्मा लैजान तयार छैनन् । प्रधानन्यायाधीशमाथिको महाअभियोगपछिको राजनीतिक घटनाक्रमको समीक्षा गर्न पनि बैठक बोलाइएको हो ।

सरकारले गठबन्धन जोगाउनेभन्दा पनि एमसीसी अनुमोदन गर्ने पक्षमा जोड दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गरेर छाड्न लागिपरेका छन् । यस्तो अवस्थामा कांग्रेस संसदीय दलले कस्तो निर्णय गर्छ सबैको चासोको विषय बनेको छ ।

प्रतिक्रिया