बुधबार, जेठ १, २०८२

बैंकिङ कसुर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

नेपालखोज २०७८ फागुन २ गते १६:५७

काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार तनहुँको व्यास नगरपालिका ९ स्थायी घर भई काठमाडौं २६, सोह्रखुट्टे बस्ने एमएम कन्स्ट्रक्सन प्रालिका सञ्चालक ३२ वर्षीय सुरज गुरुङ र सिन्धुपाल्चोक घर भई काठमाडौं ३१, तीनकुने बस्ने ३६ वर्षीय सुमित भण्डारीलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको हो ।

सिआईबीका अनुसार तीन दुई व्यक्तिहरुले आ–आफ्नो नामको बैंक खाताबाट रकम भुक्तान हुने भनी खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै सम्मानित उच्च अदालत पाटनबाट निज प्रतिवादीहरुलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा सुरज गुुरुङको हकमा २४ दिन कैद र ७२ लाख रुपैयाँ जरिवाना र सुमित भण्डारीको हकमा पाँच दिन कैद र नौ लाख ७३ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

सो पश्चात फरार रहेका ती दुई व्यक्तिलाई ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरूको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि सोमबार ललितपुर जिल्ला अदालत र भक्तपुर जिल्ला अदालतमा पेस गरेको गरिएको सीआईबीले जानकारी दिएको छ ।

प्रतिक्रिया