गरिमा विकास बैंकको ‘स्वर्णिम निक्षेप योजना’
नेपालखोज
२०७८ फागुन २ गते १८:४६

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ‘स्वर्णिम निक्षेप योजना’ सञ्चालनमा ल्याएको छ । उत्कृष्ट प्रतिफल दिने उद्देश्यले योजना सुरु गरेको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा सुरु गर्न सकिने यो योजना क्रमिक (रिकरिङ) निक्षेप खाता हो । यो निक्षेप योजना अन्तर्गत पाँच वर्ष वा त्योभन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्दति बराबरको व्याजदरको फाइदा लिन सकिनेछ ।
योजना अवधिभित्र आफ्नो अनुकूलता अनुसार जति पनि रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । आफुले जम्मा गरेको हरेक रकममा त्यस समयको मुद्दति बराबरको ब्याजदर पाईने बैंकले जानकारी दिएको छ ।
अहिले बैंकले ‘स्वर्णिम निक्षेप योजना’ अन्तर्गत उच्चतम ११ दसमलव ५५ प्रतिशत ब्याजदर प्रदान गर्ने छ। । यो खाता बैंकका ११८ शाखा कार्यालयहरुमा खोल्न सकिने बैंकले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया