राप्रपा पदाधिकारी बैठक बस्दै, एमसीसीको विरोधमा देशभर प्रदर्शन गर्ने तयारी

नेपालखोज २०७८ फागुन ३ गते १०:५५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक बस्दै छ । राप्रपाको पदाधिकारी बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्ने तयारी छ ।

एमसीसीले देश विभाजित बनेको छ । एमसीसीको पक्ष र विपक्षमा बहस सुरु भएको छ । एमसीसीको विषयमा छलफल गर्न बैठक बस्न लागेको राप्रपाले जनाएको छ । पार्टीका प्रवक्ता मोहन श्रेष्ठले भने, गिजोलिएको एमसीसी, महाअभियोग प्रकरण, स्थानीय तहको निर्वाचन लगायत विविध विषयमा छलफल गर्न राप्रपाको केन्द्रीय पदाधिकारी बैठक धुम्बाराहीमा बस्ने भएको छ ।’

राप्रपाले यसअघि नै एमसीसीको विषयमा छलफल गरेको थियो । सो बैठकले एमसीसीको समर्थन नगर्ने रणनीति बनाएको थियो । पार्टीले स्थानीय तहको चुनाव पनि समयमा नै गर्नुपर्ने माग गरिरहेको छ । सरकारले स्थानीय तहको चुनाव टार्न खोजिरहेको आरोप राप्रपाले लगाइसकेको छ । स्थानीय तहलाई जनप्रतिनिधि बिहिन बनाउन हुँदैन भन्ने लाइनमा राप्रपा छ ।

दिउँसो ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने भएको हो ।

प्रतिक्रिया