बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?
नेपालखोज
२०७८ फागुन ३ गते १२:०४

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला १ हजार २ सय रूपैयाँले बढेर ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि १ हजार २ सय रूपैयाँले बढेको छ । आज तेजाबी सुन ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । आज चाँदी १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित

प्रतिक्रिया