एमसीसी पास हुँदैमा अमेरिकी सेना आउँदैन : प्रधानमन्त्री देउवा

नेपालखोज २०७८ फागुन ३ गते १२:५७

काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता पेस गर्ने भएको छ । बुधबारको सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पेस हुनेबारे छलफल गरिरहेकोे नेता शशांक कोइरालाले बताए ।

दलको बैठकपछि नेता कोइरालाले प्रधानमन्त्री देउवाको भनाई उदृत गर्दै भने, ‘एमसिसी नेपालको हितमा छ । अन्य ९ वटा देशमा चलिरहेको छ । अमेरिकी सेना आएको छैन । एमसीसी पास गर्दैमा अमेरिकी सेना आउँदैन, हस्तक्षेप हुँदैन ।’

सांसद्ले एमसीसी पारित गर्नुपर्नेमा जोड दिएकाले बुधबारको बैठकमा पेस हुनेछ । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले बुधबारको बैठकमा एमसीसी टेबल हुने संकेत गरे। बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘भोलिको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुनसक्छ ।’

संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ । प्रधानमन्त्री देउवाको भोलिको बैठकमा एमसीसी पेस गर्ने तयारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच आज बालुवाटारमा भेटवार्ता भएको थियो ।

प्रतिक्रिया