एमसीसी पास भएर छाड्छ ! एमाले, माओवादी र समाजवादीले सहयोग गर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीको पक्षमा उभिन सबै पार्टीलाई अनुरोध गरेका छन् । संसद् भवनमा पत्रकारसँग थापाले एमसीसी अनुमोदन गर्नेबारे केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेको प्रस्ताव पारित हुनुपर्ने स्पष्ट पारे ।
महामन्त्री थापाले हालको नेकपा एमाले, नेकपा माओवादी केन्द्र वा एकीकृत समाजवादी पार्टी समेत एमसीसीको पक्षमा उभिनुपर्ने बताए । उनले भने, ‘एमसीसी सम्झौता २०७६ असार ३० गते संसदमा दर्ता भएको देखिन्छ । कांग्रेसले प्रतिपक्षमा हुँदै २०७६ मा एमसीसी सम्झौता संसदमा टेबुल हुनुपर्ने निर्णय गरेको थियो । अबको संसद बैठकमा सो सम्झौता टेबुल हुनुपर्छ ।’
कांग्रेसले प्रतिपक्षमा हुँदै एमसीसी अनुमोदनको पक्षमा निर्णय गरिसकेको थियो । सरकारमा पुगेपछि कांग्रेसको धारणा नबदलिएको उनले स्पष्ट पारे । उनले तत्कालीन नेकपाका सबै नेताले एमसीसी पास गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘आज जुनसुकै पार्टीमा भएपनि उहाँहरुले प्रतिबद्धता पूरा गर्नुहुने विश्वास छ ।’

प्रतिक्रिया