चांगनको सेडान एल्सभिन नेपाली बजारमा लोकप्रिय

काठमाडौं । चांगन अटोको उत्कृष्ट सेडान एल्सभिनले छोटो समयको अन्तरालमै नेपाली बजारमा आफ्नो नाम स्थापना गर्न सफल भइसकेको छ । दुई महिनाको छोटो अवधिमै नेपाली अटोमोबाइल उद्योगको ध्यानाकर्षण गर्न एल्सभिन सफल भएको हो ।
नेपाली बजारमा आगमन भएको दुई महिनाको अवधिमै पाँच ग्राहकलाई एल्सभिन वितरण गरिसकिएको छ । अरु १५ जनाले आफ्नो बुकिङ निश्चित गरिसकेको कम्पनीले जनाएको छ । ग्राहकहरुबाट उत्कृष्ट प्रतिकृया प्राप्त गरेको एल्सभिन आरामदायी र आफ्नो विविध विशेषताहरुले ग्राहकहरुलाई प्रभावित पार्न सफल भएको छ ।
एल्सभिन आरामदायी उत्कृष्टता र विविध विशेषताहरुको समिश्रण हो । एल्सभिनमा १.५ लिटर ब्लु कोर इन्जिन, ५ स्पिड म्यानुयल ट्रान्स्मिसन र १३७० सिसिको इन्जिन रहेको छ । ब्लुकोर इन्जिनले ९९ बि.यच.पि र १३५ यन.यम प्रदान गर्दछ जसले थोरै इन्धनको खपतमा उच्चतम प्रतिफल प्रदान गर्दछ । ग्राहकहरुले यसमा रहेको ७ इन्चको टच स्क्रिनको सजिलै संग वविध प्रयोग गर्न सक्नेछन् ।
एल्सभिनको एलईडी ड्रिल्स र बटरफ्लाइ ग्रिलले सजिलै सँग ध्यानाकर्षण गराउँदछ । यसमा प्रयोग भएको प्रोजेक्टर हेड ल्याम्पले रात्रीकालिन समयमा पनि सहजता प्रदान गर्दछ । यसको भित्री बनावटमा प्रयोग भएको उत्कृष्ट छालाको सिट र बाहिर रहेको १५ इन्चको एलो हुल्इस्ले जो कोहीलाई पनि आकर्षित गर्दछ ।
एल्सभिनमा प्रयोग भएको स्पोर्टी फ्लाट स्टेयरिङले चालकलाई सहजता प्रदान गर्नेछ । यसमा सुरक्षाका विविध सुबिधाहरु उपलब्ध छन् जसअन्तर्गत एन्टी लक बे्रकिङ सिस्टम र फ्रन्टल एअर ब्याग पनि समावेश छन् । रेर भ्यु क्यामराको साथमा पार्किङ सेन्सर, डाइनामिक लाइनस् र प्रोक्सिमिटि अलार्मले थप सहजता प्रदान गर्दछ । यसका साथै गाडीमा पार्किङ र रिभर्स दुवैका लागि वार्निङ्ग लाइट समावेश छ ।
ग्राहकहरुले चांगनको नक्शाल, काठमाडौंमान वनिर्मित सोरुममा गई गाडीको अवलोकन गरि टेस्ट राइड गर्न सक्नेछन । यसका साथै डब्लु डब्लु डब्लु डट चांगन नेपाल डट कम मार्फत एल्सभिनको बारेमा बिस्तृत जानकारी लिनका साथसाथै टेस्ट राइडको लागि बुकिङ पनि गर्न सक्नेछन । चांगन अटो सम्बन्धी सम्पुर्ण जानकारी च्याङ्गनको वेबसाइट, फेसबुक र इन्स्टाग्राम मार्फत लग इन गरि प्राप्त गर्न सकिनेछ ।
प्रतिक्रिया