रुस-युक्रेन युद्ध खारेज गर्न मानवअधिकारले प्रदर्शन गर्ने
नेपालखोज
२०७८ फागुन ३ गते १७:४६

काठमाडौं । रुस–युक्रेन युद्धको आशंका तिव्र बनेकाले खारेज गर्नुपर्ने माग गरिएको छ । युद्धको कुनै पनि सम्भावनालाई टार्न मानव अधिकार तथा शान्ति समाजले राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शनमा सहभागी हुन अनुरोध गरेको छ ।
राष्ट्रसघं कार्यालय अगाडि फागुन ५ गते प्रदर्शन हुने छ । रुस युक्रेन युद्धको आशंका तिव्र हुँदै गएको परिस्थितिमा संयुक्त राष्ट्रसंघलाई रुस–युक्रेनबिच युद्धको कुनै पनि सम्भावनालाई टार्न/खारेज गर्न अझै विशेष पहलका लागि आग्रह गरिएकाे हो ।
मानव अधिकार तथा शान्ति समाजका महासचिव रामकृष्ण बरालले विज्ञप्ति जारी गर्दै सहभागी हुन् आग्रह गरे ।
सम्बन्धित

प्रतिक्रिया