चौबीस घण्टामा ६ सय ८० थपिए, १ हजार ८३५ जना डिस्चार्ज

काठमाडौं । नेपालमा दैनिक कोरोना संक्रमितको संख्या एक हजारभन्दा कम हुँदै गएको छ । गत चौबीस घण्टामा १ हजार ८३५ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ४२ हजार ७३७ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६ दशमलव ८ प्रतिशत छ ।
त्यस्तै, चौबीस घण्टामा नेपालमा नयाँ संक्रमित ६ सय ८० जना थपिएका छन् । कुल ७ हजार ९५ जनामा नमुना परीक्षण गरिएकोमा ६ सय ८० जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ४ हजार २५६ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ८३९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ८२ जना गरी ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा हाल १९ हजार ४०० जना सक्रिय संक्रमित छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९ सय २ पुगेको छ । त्यस्तै, गत चौबीस घण्टामा देशभर जम्मा ४३ हजार ८८१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया